Tuesday, July 7, 2009

रक्त कुंडा

दरवार हत्याकाण्ड षडयन्त्र हो : रक्तकुण्ड

तपाईँ मान्नुस्, राजदरवार हत्याकाण्ड शतप्रतिशत योजनाबद्ध षडयन्त्र हो, घटना भएको त मेरो आफ्नै आँखाले देखेको ।” पाँच वर्षअघि जेठ १९ गते राति दरवार हत्याकाण्डमा आफ्ना श्रीमान् गुमाएकी तत्कालिन सुसारे शान्ताले भनिन्- “भागाभाग र गोलीको आवाज विच मैले दुइवटा दीपेन्द्र देखें, अनि म वेहोस् भएँ र व्युंजेपछि थाह भयो घटनामा मेरो पनि सिंदुर पुछिएको रहेछ । दीपेन्द्र सरकार गोली लागेर ढलिसकेपछि पनि गोली चलाउने मुकुण्डोधारी नभएर अरु को थियो त-”

एघार वर्षो उमेरदेखि दरवारमा मुमा वडमहारानी रत्नको सुसारे भएर काम गरेकी एक वृद्धा र उनकी छोरी शान्ताले सुनाएको घटनामा आधारित भएर पत्रकार कृष्ण अविरलले लेखेको रक्तकुण्ड उपन्यास अहिले नेपाली पुस्तक वजारमा हट केक हुन पुगेको छ । “तीनवटा मेशिनगन एकैपटक एउटै व्यक्तिले चलाउन संभवै हुँदैन, मलाई प्रष्ट थाह छ, त्यहाँ दीपेन्द्रजस्तै मुकुण्डो लगाउने अरु नै थिए ।”दरवार हत्याकाण्ड प्रत्यक्ष देखेको बताउने शान्ताले उपन्यासकारलाई भनेकी छन् । उनका श्रीमान् दरवारका कर्मचारी त्रिलोचन सोही राति भोजमा मारिएका र त्यसवखत आफूले गोलीकाण्ड प्रष्ट देखेको उनले अविरलसँगको वार्तालापमा भनेकी छन् । राजा वीरेन्द्रको वंशनास हुने गरी भएको सो घटना षडयन्त्र भएको पुष्टि हुने अन्य प्रमाण पनि भएको उनको भनाई छ- “एकातिर रक्सीले चुर भएका दीपेन्द्रलाई खोपीमा पुर्‍याइएको भन्ने अर्कोतिर १० मिनेट पछि तीन वटा मेशिन गन बोकेर आयो भन्ने कहाँ मिल्छ ।” पछि भने स्वचालित हतियार पड्केर मरेको भनिएको थियो । दीपेन्द्र ढलेको ठाउँमा हतियार पनि नभएको छानविन प्रतिवेदनमा उल्लेख भएको रक्तकुण्डमा उल्लेख छ । डा. राजिवराज शाहीले प्रश्न सोध्न नपाइने पत्रकार सम्मेलन गरेर नाटक गरेको उनको अर्को तर्क छ । वुवाको पंचायती व्यवस्था फाल्न २०३५ सालमा जनमत संग्रहको घोषणा र ४६ मा प्रजातन्त्र घोषणा गरेको भनी ज्ञानेन्द्रले विरेन्द्रमाथि रिसइवी साँधेको उपन्यासमा उल्लेखित छ ।

शान्ता सुरुमा १८ वर्षो उमेरदेखि कोमल र २०४१ मा आमा रिटायर्ड भएपछि रत्नको सुसारे भएर काम गरेको उनको भनाई छ । हाल ७५ वरपर पुगेकी शान्ताकी आमा भने रत्नसँगै दाईजोको रुपमा दर्वार भित्रिएकी थिइन्, उपन्यास भन्छ ।

दरवार भनेको यौन, षडयन्त्र, चाकडी अनि गोली र वारुदको अखडा भएको रत्नकी सुसारे एक वृद्धा र उनकी छोरी शान्ताले रक्तकुण्डमा बताएका छन् । “वास्तवमा भन्ने हो भने राजदरवारका सुसारेको जीवन भनेको नर्कको जीवन हो, वृद्धाले थपिन्, मैले त जेठी -शान्ता र कान्छि -दीपा छोरीलाई पनि सुसारे बनाउन चाहेकी थिइन । वडमहारानी रत्न सरकारबाटै हुकुम भएपछि नाई भन्नै सकिन ।”

राजा महेन्द्रको मृत्युको कारण हर्टएटेक नभई आत्महत्या भएको, महेन्द्र र विपिको दोस्ती विग्रे पछि विपिलाई नै राजाले जेल हालेको, त्रिभुवन अति कामूक राजा भएको, भरत गुरुङ र डीवी लामाले दरवारका सदस्यका लागि केटी सप्लाई गर्ने गरेको र केटी काण्डमा नै पछि धिरेन्द्रले अधिराजकुमारको पद छाड्नुपरेको अनि विरेन्द्र पनि तिनै केटीहरुसँग लाग्दा ऐर्श्वर्यसँग नतमस्तक हुन परेको कुरा पनि उपन्यासमा उल्लेखित छ । पारस, देवयानी, सुप्रिया, गरिमा राणा आदिका प्रसंग पनि उपन्यासमा उल्लेखित छन् ।

“अहिलेको सेनाको लेफ्टीनेन्ट जनरल छ नि रुक्मांगत कटुवाल, -पुरानो वर्तालाप) त्यो पनि दरवारमै हुर्केको हो, त्यसलाई हामी ठूलो धने भनेर चिन्थ्यौं । दरवारका एक जना कर्मचारीको नाम पनि धने भएकाले उसलाई सानो धने भनेर चिनिन्थ्यो, रत्नको मायाले त्यो सारै वदामास भएको थियो ।” शान्ताले भनेकी छन् ।

एक सय ४४ पृष्ठ लामो उपन्यासको मुल्य एक सय एक रुपैयाँ राखिएको छ । सुरुमा दुइ हजार एक सय प्रति, पछि पुसमा नौ हजार र माघमा १० हजार प्रति छापिएको भनिएको पुस्तकमा २२ भाग छन् । हाल लेखक अविरल भुमिगत भएको र शान्ता तथा उनकी आमाले अमेरिकाको यात्रा तय गरिसकेको बताइन्छ । From : 977 New

No comments:

Post a Comment

Note: Only a member of this blog may post a comment.